काठमाडौ । जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा शुक्रबार बेलुका होटेलसहितको पसलमा आगलागी भएको छ।आगलागीबाट होटेल र पसल पूर्ण नष्ट भएको छ। विद्युत सर्ट भएर आगलागी हुँदा दुई कोठेको होटेल जलेर नष्ट भएको हुम्ला प्रहरीले जनाएको छ। दुई कोठे घरको एउटामा होटेल र अर्कोमा पसल रहेको थियो
आगो लागेको बेला हावा चलेको कारण आगो नियन्त्रणमा लिन सम्भव नभएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन। आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ चैत्र २०७८, १२ : ०३
लेखकबाट थप