काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बचत गर्ने बानी विकास गर्न सेञ्चुरी रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको छ।
नियमित आम्दानी गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना उद्यमी व्यवसायी, विप्रेषण (रेमिटान्स) प्राप्त गर्ने ग्राहकहरुलाई लक्षित गरी सेञ्चुरी रिकरिङ मुद्धती र सेञ्चुरी फ्लेक्सी फिक्स्ड नामक दुई निक्षेप खाता सञ्चालनमा ल्याएको हो।
न्यूनतम रु एकहजारमै खोल्न सकिने र खातामा क्रमिक रुपमा थप रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ। बैंकका अनुसार सेञ्चुरी रिकरिङ मुद्धतीमा खाता खोल्दाकै बखतको व्याजदर प्रदान गरिनेछ भने सेञ्चुरी फ्लेक्सी फिक्स्ड खातामा बैंकले समय–समयमा प्रकाशित गरेको मुद्धती निक्षेपअनुरुपको व्याज प्रदान गरिने छ।
सेञ्चुरी बैंकका सम्पूर्ण शाखामार्फत खाता खोल्न सकिनेछ। आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदानगर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ चैत्र २०७८, ११ : ५८
लेखकबाट थप