आजको मौसम : यि प्रदेशहरुमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, ०७ : ४९
आजको मौसम : यि प्रदेशहरुमा वर्षाको सम्भावना

काठमाडौं । नेपालमा भारतको बिहारदेखि बङ्गालको खाँडिसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाबाट शनिबार जारी बुलेटिनमा प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा मेघ गर्जनरचट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

शनिबारदिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली साथै मधेश प्रदेशमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। आइतबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राती प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। सोमबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका थोरै स्थानमा मेघ गर्जन,चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

प्रतिक्रिया दिनुहोस