सिरहा । सिरहाको धनगढीमाई नगरपालिका- १० धनगढीबजारमा रहेको तीनवटा पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । बिहीबार राति स्थानीय गुञ्जेश्वर साहको कस्मेटिक पसल, विलेक्षण साहको जेनरल स्टोर र अशेश्वर साहको आईरण स्टोरमा आगलागी हुँदा करिब एक करोड मूल्य बरावरको धनमाल जलेर नष्ट भएको हो ।
आगलागीका कारण गुञ्जेश्वर साहको पसलमा रहेको सम्पूर्ण सामान, २ लाख ५० हजार नगद र २ तोलाभन्दा बढि सुनसमेत आगोमा परेको जनाएको छ । विलेक्षण साहको पसलमा रहेको ५० हजार नगद र धेरै सामान जलेर नष्ट भएको छ ।
विद्युत सर्ट भएर आगो लागलागी भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुभास बुढाथोकीले जानकारी दिए । आगो स्थानीय, प्रहरी र गोलबजार, लहान र मिर्चैया नगरपालिकाबाट आएको दमकलले नियन्त्रण लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ चैत्र २०७८, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि