सार्वजनिक यातायातको भाडा १४ प्रतिशतसम्म बढ्ने

पत्रपत्रिकाबाट

शुक्रबार, १८ चैत्र २०७८, ०७ : ३६
सार्वजनिक यातायातको भाडा १४ प्रतिशतसम्म बढ्ने

काठमाडौं । लामो दूरीको सवारी साधनको भाडा बढ्ने भएको छ। सरकारले भाडा बढाउन सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले आइतबार सूची निकाल्ने भएको छ।

विभागका महानिर्देशक नवराज घिमिरेले भूगोल हेरी १० देखि १४ प्रतिशतसम्म लामो दूरीका सवारीसाधनको भाडा बढ्ने छ। मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमका अनुसार मन्त्रीस्तरीय निर्णयले भाडा बढाउन सहमति दिएको बताए। 

‘अहिलेको अवस्थामा पेट्रोल बढेकाले मूल्य बढाउन सहमति दिइएको हो,’ उनले भने, ‘अब विभागले नयाँ भाडादर सूची सार्वजनिक गरेको छ।’महानिर्देशक घिमिरेका अनुसार हिसाब गरेर भाडा दर तय गर्ने बताए। उपत्यकाभित्र भने प्रदेश सरकारले निर्णय गर्नेछन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस