कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

शुक्रबार, १८ चैत्र २०७८, ०७ : १९
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल देशमा भारतको विहार आसपासमा रहेको न्युन चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

जसका कारण शुक्रबार बिहान प्रदेश १, मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आँशिक देखि  सामान्य बदली रहेको छ । अन्य भूभागको मौसम भने सामान्यतया सफा रहेको छ।  

यस्तै दिउँसो प्रदेश १, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

यस्तै राति पनि प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस