काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर बढाउने निर्णय गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी ११ देखि १३ प्रतिशतसम्म सार्वजनिक भाडा वृद्धि गरेको हो ।
यातायात व्यवसायीको मागबमोजिम हाल कायम भाडा दरमा थप ११ देखि १३ प्रतिशत बढाएको मन्त्रालयको भनाइ छ ।
एक प्रदेशबाट अर्को प्रदेशचल्ने यातायातको भाडा बढेको हो । विभागका अनुसार काठमाडौं उपत्यका लगायत प्रदेशभित्रै चल्ने सार्वजनिक सवारीसाधनमा भने यातायात भाडा बढाइएको छैन ।
विभागले आइतबारमात्रै विभिन्न रुटमा बढेको भाडादर सार्वजनिक गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ चैत्र २०७८, २० : ०५
लेखकबाट थप