सिटिजन्स बैंक र भारतस्थित मेदान्त–द मेडिसिटी हस्पिटलबीच सम्झौता

सफल खबर संवाददाता

विहीबार, १७ चैत्र २०७८, १६ : २६
सिटिजन्स बैंक र भारतस्थित मेदान्त–द मेडिसिटी हस्पिटलबीच सम्झौता

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त– द मेडिसिटी अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

बिहीबार दिल्लीस्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका हुन्।
यस सहकार्यबाट भारतमा स्वास्थ्योपचार गराउन जाने बैंकका ग्राहकलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ।यो सुविधा सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले भारतको गुरगाउँ, लखनऊ, राँची, इन्दौरलगायत मेदान्त अस्पतालका सबै शाखाबाट पाउनेछन्।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ इकाइबाट १३ लाख ५० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

आफ्ना ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधा पनि उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस