पीएनजीविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

सफल खबर संवाददाता

विहीबार, १७ चैत्र २०७८, १२ : १६
पीएनजीविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । आजको खेलमा आक्रामक ब्याटर आदिल अन्सारीले डेब्यू पाएका छन् । 

नेपाल आज पीएनजीलाई हराएर एक खेलअघि नै  फाइनल पुग्न चाहन्छ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई नै १५ रनले हराउँदा दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल २ खेलबाट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ । पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन ।

नेपाली टाेली

सन्दीप लामिछाने (कप्तान), आदिल अन्सारी, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर), आरिफ शेख र रोहित पौडेल ।

 

प्रतिक्रिया दिनुहोस