चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्छ: सुवास नेम्वाङ

सफल खबर संवाददाता

विहीबार, १७ चैत्र २०७८, १० : ११
चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्छ: सुवास नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा बिहीबार नेम्वाङले यहीलेको व्यवस्थामा कुनै दलले बहुमत ल्याउन निकै अफ्ठेरो भएकाले गठबन्धन स्वभाविक रहेको बताए ।

तर, गठबन्धन गर्दा लोकतन्त्रको मूल्य र मान्यताका आधारमा भएन भने पछि दुख पाइने उनले बताए ।‘गठबन्धनका कुराहरु आउछन् । हाम्रो स्पष्ट दृष्टिकोण छ, लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्छ । त्यो भएको छ छैन, त्यतातिर म टिप्पणी  गर्दिन, उनले भने, पछि सम्बन्धित मित्रहरुले दुख पाउनुहुन्छ ।

उनले प्रतिस्पर्धाका बाबजुत सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताए ।g

प्रतिक्रिया दिनुहोस