राजधानीबाट खाता खोल्यो कांग्रेसले, प्रकाशमान र गगन विजयी

शनिबार, २३ मंसिर २०७४, ०७ : ४१
राजधानीबाट खाता खोल्यो कांग्रेसले, प्रकाशमान र गगन विजयी

प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले विजयको सुरुवात राजधानीबाट गरेको छ ।

वाम गठबन्धनले अघिल्लै दिन खाता खोलिसकेको अवस्थामा कांग्रेसले भने बल्ल जितको स्वाद पाएको हो । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह र क्षेत्र नम्बर ४ मा गगन थापा विजयी भएका छन् ।

क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार सिंहले निकटम प्रतिद्वन्द्वी विवेकशील साझा पार्टीका रविन्द्र मिश्रलाई पराजित गरेका हुन् । सिंहले १० हजार ९ सय ३६ मत ल्याए भने मिश्रले १० हजार १ सय १८ मत ल्याए ।

क्षेत्र नम्बर ४ मा कांग्रेसका थापाले २१५५८ मत पाउँदा वाम गठबन्धनतर्फबाट उम्मेदवारी दिएका नेकपा एमालेका राजन भट्टराईले १८१४० मत पाए ।

प्रतिक्रिया दिनुहोस