काठमाडौं । किशोर गुरुङ नेतृत्वको गोरक्ष संरक्षण अभियान राप्रपामा समाहित भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले गुरुङ नेतृत्वको अभियानलाई पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच राप्रपामा समाहित गरेका हुन् ।
राप्रपामा यसअघि ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हामी नेपाली अभियान समाहित भएको थियो । यस्तै पार्टी एकताका लागि विभिन्न समूहसँग औपचारिक अनौपचारिक संवाद र छलफल पनि चलिरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
यसैगरी राप्रपाले नेतृत्व लगायत पार्टीको सम्पूर्ण सुरक्षा हेर्ने गरि गठन गरेको राष्ट्रिय युवा मोर्चाको नेतृत्वमा हेरफेर गरेको छ । मोर्चाको अध्यक्षमा काठमाडौंका सुरज पाण्डे चयन भएका छन् ।
अध्यक्ष लिङ्देनले मोर्चालाई आवश्यक कार्ययोजना बनाई पेश गर्न निर्देशन दिएका छन् । यसअघिका अध्यक्ष रहेका केदार धमला पार्टीको काठमाडौं महानगर समितिको अध्यक्ष भएकाले मोर्चाले नेतृत्व परिवर्तनका लागि पार्टीलाई आग्रह गरेको थियो ।
यसैबीच राप्रपाले चैत २५ गते काठमाडौंमा स्थानीय तहको निर्वाचन केन्द्रीत आमसभा गर्दैछ, यो आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गरिरहेको प्रवक्ता श्रेष्ठले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ चैत्र २०७८, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग