समयमै काम नसक्ने ३९ ठेकदार कम्पनीलाई सरकारले सोध्यो स्पष्टीकरण

सफल खबर संवाददाता

बुधबार, १६ चैत्र २०७८, ११ : ५६
समयमै काम नसक्ने ३९ ठेकदार कम्पनीलाई सरकारले सोध्यो स्पष्टीकरण

काठमाडौं । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सन्तोषजनक काम नगर्ने निर्माण व्यवसायी तथा निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।

सडक डिभिजन भरतपुर चितवनको कार्यालयले काम सम्पन्न नगर्ने ३९ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको हो एक साताभित्रमा नयाँ कार्यतालिका सहित उपस्थित हुन भन्दै बुधवार कार्यालयले सूचना जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस