काठमाडौं । पछिल्ला दिनहरूमा खाना पकाउने ग्यास ९एलपी ग्यास०को अभाव देखिन थालेको छ । सरकारले ग्यासको मूल्य समायोजन नगरिदिँदा आफूहरू मारमा परेको भन्दै व्यवसायीहरूले आपूर्ति रोकेका छन् ।पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले ग्यास ढुवानीमा भाडादर समायोजन नगरेको भन्दै ग्यास उद्योगी तथा डिलरहरूले भारतबाट ग्यास नल्याउँदा बजारमा अभाव शुरू भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ, जसको असर नेपालमा पनि देखिएको छ । नेपाल आयल निगमले पछिल्लोपटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदै पेट्रोलको प्रतिलिटर १ सय ५५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १ सय ३८ रुपैयाँ कायम गरेको छ ।
ग्यास भने प्रतिसिलिन्डर १ हजार ५ सय ७५ रुपैयाँमा कारोवार हुँदै आएको छ ।डिजेलको मूल्य बढ्दा भाडादर बढेको तर ग्यासको मूल्य समायोजनमा सरकारले ध्यान नदिएको भन्दै ग्यास व्यवसायीहरूले गत फागुन १९ गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेका छन् । व्यवसायीहरू ग्यास आपूर्ति नै बन्द गरेर बसेका छन् ।
अध्यक्ष मल्लीले भने, ‘उता डिजेलको भाउ ५० प्रतिशतभन्दा बढीले बढिसक्दा पनि हाम्रोमा भने पुरानै भाउमा खरिद गरिरहेको अवस्था थियो । पछिल्लो समय त इन्डियन आयल निगमले पनि भाडा समायोजन नगरी ग्यास नपठाउने भनेको छ
नेपालमा अहिले ग्यास प्रति सिलिन्डर १ हजार ५ सय ७५ रुपैयाँमा भरिँदै आएको छ । यो ग्यास मात्रको मूल्य हो । तर अब भने डिजेलको भाउमा ठूलो वृद्धि हुँदा ढुवानीमा समेत असर पर्ने भन्दै ग्यास व्यवसायीहरूले ग्यासको भाउ बढाउनका लागि माग गरिरहेका छन् । एलपी ग्यासको भाउ बढाउनका लागि पटक–पटक सरकारलाई आग्रह गर्दै आएका ग्यास व्यवसायीहरूले यसपटक भने आपूर्ति नै रोकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ चैत्र २०७८, ११ : ४४
लेखकबाट थप