काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई पुनः भत्ता दिन सुरु गरिएको छ। यसअघि पनि भत्ता दिँदै आएकोमा केही वर्षदेखि भने भत्ता कटौती भएको थियो।
अहिले फेरि गत फागुनदेखि पुनः भत्ता दिन सुरु गरिएको छ। ६५ प्रतिशतदेखि शतप्रतिसतसम्म भत्ताको व्यवस्था गरिएको छ।अधिकृतस्तरका कर्मचारी तथा सुरक्षाकर्मीलाई शतप्रतिशत र त्यो भन्दा मुनिका कर्मचारी तथा सुरक्षाकर्मीलाई ६५ प्रतिशत भत्ताको व्यवस्था गरिएको छ। अख्तियारमा सुरक्षाकर्मीको दरबन्दी मात्रै दुई सयभन्दा बढी छ।
भत्ता कटौती हुँदा अख्तियारमा आउनेहरुको आकर्षण घटेको र त्यसको असर नियमित काममा समेत पर्नसक्ने बुझाई राख्दै पुनः भत्ताको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ चैत्र २०७८, १६ : २८
लेखकबाट थप