स्थायी शिक्षकका लागि आजदेखि परीक्षा सुरु

सफल खबर संवाददाता

मंगलबार, १५ चैत्र २०७८, ११ : ५६
स्थायी शिक्षकका लागि आजदेखि परीक्षा सुरु

काठमाडौं। स्थायी शिक्षकका लागि मंगलबारदेखि शिक्षक सेवा आयोगले परीक्षा सुरु भएको छ।१७ हजार २ सय भन्दा धेरै स्थायी शिक्षकका लागि परीक्षा सुरु भएको हो । नतिजा प्रकाशन तथा नियुक्ति प्रक्रिया पूरा गर्नका लागि एक वर्ष लाग्ने छ ।

मंगलबार मावि तहका शिक्षकको परीक्षा सुरु भएको हो । चैत १७ गते निमाविको, १९ गते प्राविको र २१ गते आन्तरिक बढुवातर्फको परीक्षा हुने शिक्षक सेवा आयोगले जनाएको छ ।शिक्षक सेवा आयोगले माविमा १ हजार ५४७, निमाविमा २ हजार ५९८ र प्राविमा १३ हजार ९३ जनाका लागि विज्ञापन खुलाएको थियो । परीक्षामा ४० प्रतिशत अंक प्राप्त गरेमा उत्तिर्ण हुने व्यवस्था छ।

 

प्रतिक्रिया दिनुहोस