चितवन ३

प्रचण्डको अग्रता कायमै, बढ्यो मतान्तर

शुक्रबार, २२ मंसिर २०७४, २३ : १४
प्रचण्डको अग्रता कायमै, बढ्यो मतान्तर

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर तीनमा आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मतगणना परिणाम अनुसार, प्रचण्डले राप्रपा प्रजातान्त्रिकका बिक्रम पाण्डेलाई तीन सय ८२ मतले पछाडि पारेका छन् ।
पछिल्लो मतगणना परिणाम अनुसार प्रचण्डले एक हजार पाँच सय ८८ मत प्राप्त गर्दा पाण्डेको एक हजार दुई सय ६ मत आएको छ । वाम गठबन्धनका साझा उम्मेदवार प्रचण्डले पाण्डेसँगको मतान्तर निरन्तर बढाउँदै लगेका छन् । यसअघिको मतगणना परिणाममा प्रचण्ड पाण्डेभन्दा एक सय ७६ मतले अघि थिए । त्यसभन्दा अघि प्रचण्ड पाण्डेभन्दा २९ मतलेमात्र अघि थिए ।

प्रतिक्रिया दिनुहोस