नेपालमा फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट आउँदै

सफल खबर संवाददाता

सोमबार, १४ चैत्र २०७८, १४ : १६
नेपालमा फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट आउँदै

काठमाडौँ ।  पछिल्लो समय अत्यधिक मात्रामा ग्राहकले रुचाएको फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट नेपाली बजारमा आउने भएको छ।टुनल्याण्ड ई प्लस गाडी केही समयभित्रै नेपाली बजारमा आउने नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले जानकारी दिएको हो।

स्पेसिफिकेसनको भन्ने विषयमा कम्पनीले अहिल्यै सबै कुरा खुलाएको छैन तर कम्पनीका सेल्स हेड नवीन आचार्यले भने, ‘पावर, लुक्स र पफर्मेन्समा जब्बर गाडी आउँछ, जसरी फोटोन टुनल्याण्डले चिनियाँ गाडीप्रति मानिसहरुले हेर्ने नजर परिवर्तन गरेको छ, यस विश्वासलाई फोटोनले कायम राख्नेछ।ट्रान्समिसन ६ फरवार्ड १ रिजर्ब सिस्टम भएकाले माइलेज पनि उत्कृष्ट रहने कम्पनीले जनाएको छ।पावर, लुक्स र पफर्मेन्सका कारण लोकप्रिय बन्दै गहिरहेको फोटोनले पछिल्लो समय आफ्नो डिलर र सर्भिस सेन्टर पनि आक्रामक रुपले वृद्धि गरिरहेको छ।’कम्पनीले यसमा  लिटर क्षमताको डिजेल इन्जिन दिएको छ। उक्त इन्जिनले १४८ हर्स पावर प्रदान गर्ने छ भने अधिकतम टर्क ३२० एनएम रहेको छ। 

प्रतिक्रिया दिनुहोस