एजेन्सी । रुसी फौजले पश्चिमी युक्रेनी शहर लभिभमा आक्रमण लक्षित गर्न थालेको छ । आइतबार रुसी रक्षा मन्त्रालयले त्यहाँ अत्याधुनिक क्रुज क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गरेको छ ।
रुसी फौजले लभिभ नजिक युक्रेनी फौजले प्रयोग गरिरहेको इन्धन भण्डारमा लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेको छ । यसैगरी, विमानभेदक प्रणाली, रडार स्टेसन्स र टैंकको दृष्टि मर्मत गर्न प्रयोग भइरहेको कारखानामा क्रुज क्षेप्यास्त्र प्रहार गरिएको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता इगोर कोनासेनकोभले रुसी महासंघको सशस्त्र फौजले विशेष सैनिक अभियानानुसार आक्रमण कार्यलाई जारी राखेको बताएका छन् । रक्षा मन्त्रालयले लभिभ शहरमा क्षेप्यास्त्र प्रहार हुँदै गरेका भिडियो पनि सार्वजनिक गरेको छ । नेटो सदस्य राष्ट्र पोल्याण्डदेखि मात्र ६० किमि टाढा रहेको लभिभका अधिकारीहरूले क्षेप्यास्त्र आक्रमणमा मानिस घाइते भएको बताएका छन् ।
रुसले युक्रेनको राजधानी किभनजिकका एस-३०० क्षेप्यास्त्रहरू र विमानभेदक क्षेप्यास्त्र प्रणाली ध्वस्त पार्न समुद्रबाट लामो दूरीका क्षेप्यास्त्रहरू पनि प्रहार गरेको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १४ चैत्र २०७८, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
रुसले गर्यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस
रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प