सुजुकीको नयाँ वर्ष अफर सार्वजनिक, १ लाखसम्म क्यास ब्याक

सफल खबर संवाददाता

आइतबार, १३ चैत्र २०७८, १७ : ३९
सुजुकीको नयाँ वर्ष अफर सार्वजनिक, १ लाखसम्म क्यास ब्याक

काठमाडौं ।  सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले नयाँ वर्षको अवसरमा एक अफर सार्वजनिक गरेको छ ।  कम्पनीले बाइक तथा स्कुटरको  खरिदमा ‘गेट लक्की विद सुजुकी योजना ल्याएको हो ।

चैत १३ देखि वैशाख ३० सम्म लागु हुने यस योजना अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कुटरको खरिदमा रु १०००० स्योरसट पाउनुका साथै एउटा स्क्याच कुपन उपलब्ध हुनेछ ।  जसबाट रु १ लाखसम्म क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथै एक्सचेन्ज र फाइनान्स सुविधा पनि उपलब्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस