धर्मश्री विजेताले १० लाख प्राप्त गर्ने

सफल खबर संवाददाता

आइतबार, १३ चैत्र २०७८, १६ : ५२
धर्मश्री विजेताले १० लाख प्राप्त गर्ने

काठमाडौं । पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६औं धर्मश्रीका विजेताले नगद १० लाख प्राप्त गर्ने भएका छन् । पत्रकार सम्मेलनमा व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले उक्त जानकारी गराएका हुन् । 

खेलकुदको क्षेत्रमा व्यक्तिगत विधातर्फको यो नै सर्वाधिक पुरस्कार राशि रहेको आयोजकको दाबी रहेको यस प्रतियोगिताको अघिल्लो संस्करणमा पुरस्कार राशि पाँच लाख रुपैयाँ रहेको थियो ।

२०१० मा स्थापित व्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२ सालदेखि धर्मश्री प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । पहिलो र दोश्रो संस्करणमा तौल समूहको आधारमा प्रतियोगिता गर्दै आइरहेकोमो तेस्राे संस्करणबाट प्रत्येक तौल समूहका विजयी खेलाडीहरूको अन्तिम प्रतिस्पर्धामा विजयीलाई धर्मश्री विजेताको रूपमा पुरस्कृत र सम्मान गर्ने परम्पराको थालनी भएको हो ।

शारीरिक सुगठनको इतिहासमानै अति नै प्रतिष्ठित प्रतियोगिता रहेको धर्मश्रीमा १६औँ संस्करणमा नयाँ विधालाई पनि थप गरिएको छ । जसमा महिला तथा पुरुष फिजिक्स विधालाई थप गरिएकोसमेत आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो ।

२३ र २४ वैशाखमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ २३ वैशाखमा हुनेछ । फाइनल चरणका खेल २४ वैशाखमा हुनेछ । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० भन्दामाथि केजीतौल समूहमा चार सय खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

प्रत्येक विधामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरूको बीचमा अन्तिम प्रतिस्पर्धा गराई बिजयी हुनेलाई धर्मश्रीको उपाधिसहित सम्मान गरिनेछ । 

प्रतियोगिातको विजेताले १० लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन् । यसैगरी प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचौंले एक लाख, छैटौँले ९० हाजार र सातौं हुनेले ८० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपियाँ प्रदान गरिनेछ । महिला फिजिक्स तर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

 

facebook sharing button

प्रतिक्रिया दिनुहोस