भरतपुर आँखा अस्पतालले कारागारमा गर्यो नि:शुल्क आँखा परिक्षण, ३१६ जनाले पाए सेवा

प्रकाश सिग्देल

आइतबार, १३ चैत्र २०७८, १५ : ५६
भरतपुर आँखा अस्पतालले कारागारमा गर्यो नि:शुल्क आँखा परिक्षण, ३१६ जनाले पाए सेवा

चितवन । नेपाल नेत्रज्योती संघ भरतपुर आँखा अस्पतालले ४४ औ नेत्रज्योती दिवसको अवसरमा भरतपुर कारागारमा रहेका कैदी बन्दि र कर्मचारीको नि:शुल्क आँखा परिक्षण गरेको छ । सो अबसरमा त्यहाँ रहेका ३१६ जनाको आँखा परिक्षण गरिएको र  ५ जना लाई शल्यक्रिया गर्नु पर्ने देखिएको अस्पतालका बाहिय कार्यक्रम संयोजक रमेश घिमिरेले बताए । अस्पतालका कार्यकारी निर्देशक डा. पुष्पा गिरी श्रेष्ठ नेत्रित्वको टोली कारागार पुगेर आँखा परिक्षण गरेको हो ।

सुरक्षाका कारण बाहिर बन्दि लान समस्या हुने भएकाले भित्रै शिविर हुदा धेरै सहज भएको भरतपुर कारागारका प्रमुख कमल प्रसाद काफलेले बताए ।त्यहाबाट अप्रेसन गर्नु पर्ने अवस्थाका बन्दिको पनि अस्पतालमा ल्याएर नि शुल्क अप्रेसन गर्ने भरतपुर आँखा अस्पतालका अध्यक्ष कृष्णराज धरेलले बताए ।

हाम्रो कर्तब्य हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी भन्ने मुल मन्त्रका साथ आँखा अस्पतालले ४४ औ नेत्रज्योती दिवस मनाएकोे हो ।आफुहरुले हरेक वर्ष कारागारमा नि शुल्क शिविर गर्दै आएको र कारागारका कैदी बन्दीलाई कारागारमै पुगेर सेवा प्रवाह गर्न पाउँदा मन पनि खुसी हुने गरेको  अस्पतालका कार्यकारी निर्देशक डा पुष्पा गिरी श्रेष्ठले बताईन् ।

२८० क्षमताको भरतपुर कारागारमा ७३२ जना कैदिबन्दि रहेका छन् ।दिवसकै अवसरमा अस्पतालले भरतपुरको चौबिसकोठीबाट शोभायात्रा निकाली अस्पतालमा पुगेर  शोभायात्राको समापन गरेको अस्पतालकी सहायक ब्यवस्थापक छाया श्रेष्ठले बताईन् ।  

प्रतिक्रिया दिनुहोस