दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स पनि फेला

एजेन्सी

आइतबार, १३ चैत्र २०७८, १३ : ४७
दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स पनि फेला

बेइजिङ । दुर्घटनाग्रस्त चिनियाँ यात्रुवाहक विमानको दोस्रो ब्ल्याक बक्स पनि फेला परेको छ । दोस्रो ब्ल्याक बक्स आइतबार फेला परेको चिनियाँ उद्दार समूहले जनाएका छन् । 

चाइन इस्टर्न एयरवेजको दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स फेला परेको हो । यसअघि शनिबार पहिलो ब्ल्याक बक्स फेला परेको थियो । कुन्मिङबाट ग्वाङ्भोउका लगि उडेको सो जेट १ सय ३२ यात्रुसहित एउटा पहाडमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा सबै जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस