शिवम् सिमेन्टले सम्पन्न गर्‍यो ग्राहक अन्तर्क्रिया कार्यक्रम

सफल खबर संवाददाता

आइतबार, १३ चैत्र २०७८, १२ : २१
शिवम् सिमेन्टले सम्पन्न गर्‍यो ग्राहक अन्तर्क्रिया कार्यक्रम

काठमाडौं  ।  शिवम् सिमेन्ट लिमिटेडले चरिकोटमा निर्माणकार्य गरिरहेका ग्राहकहरूसँग “ग्राहक अन्तक्रिया” कार्यक्रम सम्पन्न गरेको छ । निर्माण सम्बन्धी विभिन्न निकायका प्रतिनिधिहरू उपस्थित उक्त कार्यक्रममा हाल निर्माण कार्य गरिरहेका ४० ग्राहकहरू उपस्थित रहेका थिए ।चरिकोट स्थित होटल एम्ब्रोसियाको हलमा संचालित उक्त कार्यक्रममा मालपोत कार्यलय प्रमुख, नापि विभाग नि. प्रमुख, भवन तथा पुनःनिर्माण कार्यलयका इन्जिनियर तथा मालपोत कार्यलयमा कार्यरत अमिन सहितको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा सम्बन्धित निकायका प्रतिनिधिहरूले आफ्नो छोटो मन्तव्य राख्दै भवन निर्माण प्रक्रिया, निर्माण पूर्व ग्राहकहरूले सम्बन्धित निकायबाट लिनु पर्ने सेवा सुविधा तथा निर्माण कार्यमा गुणस्तरीय निर्माण सामाग्रीको महत्व आदि विषयमा प्रष्ट्याएका थिए ।

अन्तर्क्रिया कार्यक्रममा निर्माण कार्य गरिरहेका ग्राहकहरूलाई दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माण कार्य गर्दा दिनहुँ आइपर्ने निर्माण सम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।

शिवम् सिमेन्टले ग्राहकहरूसँग अझ बढि अन्तर सम्बन्ध कायम राख्न अन्तक्रिया कार्यक्रम सुरुवात गरेको जनाएको छ ।यस अघि देशका विभिन्न स्थानका निर्माणकर्मीहरूलाई अन्तक्रिया कार्यक्रम दिँदै आईरहेको थियो ।

 निर्माण कार्य गरिरहेका ग्राहकहरूले निर्माण सम्बन्धी दक्ष प्राविधिकद्वारा निर्माण सम्बन्धी प्राविधिक सेवा लिन चाहे  शिवम् सिमेन्टले निरन्तर रुपमा बिक्री पछिको निःशुल्क प्राविधिक सेवा समेत दिदै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस