ओपोद्वारा नेपाली बजारमा ओपो ए ७६ सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, १२ चैत्र २०७८, १४ : ४४
ओपोद्वारा नेपाली बजारमा ओपो ए ७६ सार्वजनिक

काठमाडौँ ।  विश्वव्यापी रुपमा अग्रणी स्मार्टफोन ओपोले नेपालमा आफ्नो ए सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ओपो ए ७६ सार्वजनिक गरेको छ। ओपो ए ७६ ले ओपोको स्वामित्वको ओपो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तरता दिँदै स्टाइलिस तथा टिकाउ उत्पादन पस्केको हो।

ओपो ए ७६ मा अभूतपूर्व दृश्य अनुभव पस्कने सोचका साथ ६.५६ इञ्चको पञ्च होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हज रिफ्रेस रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गराइएको छ। प्रयोगकर्तालाई उत्पादनमूलक रहन तथा आवश्यकता पर्दा मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङ सुविधासहितको ५ हजार एमएएच क्षमताको ब्याट्री पनि जडान गरिएको छ।

यो फिंगरप्रिन्ट र धुलो प्रतिरोधात्मक पनि छ। ग्लोइङ ब्ल्यू (नीलो) र ग्लोइङ ब्ल्याक (कालो) गरी दूई आकर्षक रंगमा उपलब्ध यो फोन पहिलेका फोनको तुलनामा अझ हल्का, चहकिलो र थप टेक्सचर्ड छ।

ओपो ए ७६ मा ८९.९ प्रतिशत स्क्रिन–टु–बडी रेसियो र पञ्च होल डिस्प्ले डिजाइनसहितको ६.५६ इञ्चको एचडी डिस्प्लेको प्रयोग गरिएको छ। भिडियो हेर्दा तथा गेम खेल्दा सहज तथा आरामदायी अनुभव प्रदान गर्न यसमा अझ प्रतिक्रियात्मक ९० हज रिफ्रेश रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गरिएको छ।

यसमा रहेको फास्ट चार्जिङ प्रविधिको सहायताले फोनलाई मात्र ५ मिनेट चार्ज गर्दा ३.५ घण्टाको टकटाइम पाउन सकिन्छ। यस फोनका साथमा ओपोले हार्डवेयरका साथै सुपर पावर सेभिङ मोड, सुपर नाइट टाइम स्ट्यान्डबाई र अप्टिमाइज्ड नाइट चार्जिङलगायत फिचरमार्फत ब्याट्रीको क्षमतामा सुधार दिँदै टिकाउ तथा सुरक्षित प्रयोग अनुभवको सुनिश्चितता प्रदान गरेको छ।

क्वालकम स्न्यापड्रागन ६८० द्वारा सञ्चारित ओपो ए ७६ मल्टी टास्किङका लागि समेत उपयुक्त छ। ६ जीबी + १२८ जीबी क्षमताका साथमा सार्वजनिक यस फोनमा अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा यसमा १ टीबी क्षमतासम्मको माइक्रो एसडीको प्रयोग गर्न सकिन्छ।
नयाँ हार्डवेयर परफरमेन्सको फाइदा लिन ओपोले सफ्टवेयर सुदृढीकरण पनि प्रस्तुत गरेको छ। ओपो ए ७६ मा रहेको कलरओएस ११.१ मा समाहित बुलेट स्क्रिन म्यासेज, फ्लेक्सड्रप, थ्री–फिंगर ट्रान्सलेट विथ गुगल लेन्स र परिस्कृत प्राइभेसी फिचर्सलगायतले प्रयोगकर्तालाई सहज र सुदृढ प्रयोग अनुभव प्रदान गर्छ।

ओपो ए ७६ मा १.१२ माइक्रोन र एफ २.० एपर्चरसहितको ८ एमपी फ्रण्ट क्यामेरा दिइएको छ। यसले ३२६४८२४४८ रिजोल्युसनसहितको पोट्रेट शट्स लिन सकिन्छ।

फोनको पछाडि रहेका डुअल रियर क्यामेरा सेटअपमा माथिल्लोपट्टि १२ एमपी एफ २.२ मेन सेन्सर र तलपट्टि सेकेन्डरीका रुपमा २ एमपी बोके क्यामेरा उपलब्ध गरिएको छ। यो क्यामेराले सिक्सएक्स डिजिटल जुम र लगातार २० वटा कन्टिनुअस ब्रस्ट सट्स सपोर्ट गर्छ।

यसमा रहेका फ्रण्ट र रियर दुबै क्यामेराले एचडीआर सपोर्ट गर्छन्। यसले अँध्यारो स्थानमा समेत विवरणको संरक्षण गर्ने क्षमता राख्छ।
ओपो ए ७६ नेपाली बजारमा ग्लोइङ ब्लु र ग्लोइङ ब्लाकमा ६ जीबी + १२८ जीबीमा उपलब्ध हुनेछ। यसको बजार मूल्य रु.२९,९९० रहनेछ।

 

प्रतिक्रिया दिनुहोस