एजेन्सी । बेलायतको म्यानचेस्टरबाट टर्कीका लागि उडेको एउटा विमान आकाशबाटै डाइर्भट गरेर अस्ट्रियाको राजधानी भियना पु¥याइएको छ । एक महिला यात्रुले चालक दलका सदस्यसँग होहल्ला र अन्य यात्रुलाई हातपात गरेपछि विमान डार्भट गरिएको हो ।
ती महिलाले बेलायती विमान जेट २ मा बच्चाहरु रोएको गुनासो गरेकी थिइन् । तर, उनी चाँडै कर्मचारीप्रति आक्रामक भइन् । उनलाई शान्त पार्ने सबै प्रयासहरू बिफल भएपछि चालक दलले उनलाई झार्न भियनातर्फ उडान डाइभर्ट गर्नुपरेको थियो ।
एक साक्षीले म्यानचेस्टर इभिनिङ न्युजलाई बताएअनुसार ती महिला उडानमा लगभग एक घण्टा २० मिनेट बाधक बनेकी थिइन । ‘त्यहाँ धेरै कोलाहल थियो,’ यात्रुले भने । ‘त्यसपछि उनी विमानको अगाडि पुगिन ।
उनी वास्तवमै कर्मचारीप्रति क्रुद्ध थिइन । कसैले उनको रिस शान्त पार्न सकेनन् । महिलाको व्यवहारलाई लिएर एयरलाइन्सले क्षमायाचना मागेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १२ चैत्र २०७८, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
रुसी सैन्य विमान क्रिमियामा दुर्घटनाग्रस्त, २९ जनाको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
लिबियाका सेना प्रमुखको विमान दुर्घटनमा परी मृत्यु