प्रधानमन्त्री देउवाले चैत तेस्रो साता भारतको भ्रमण गर्ने

सफल खबर संवाददाता

शुक्रबार, ११ चैत्र २०७८, ०९ : २१
प्रधानमन्त्री देउवाले चैत तेस्रो साता भारतको भ्रमण गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले  चैत तेस्रो साता भारतको भ्रमण गर्ने भएका छन्  ।  चैत १८ देखि २० गतेसम्म तीन दिने भारत भ्रमणको तयारी भैरहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । 

'प्रधानमन्त्रीज्युको भारत भ्रमणको तयारी भैरहेको छ। सम्भवत चैत १८ देखि २० गतेसम्म उहाँले भारत भ्रमण गर्नुहुनेछ,' स्रोतले भन्यो । 

भारत भ्रमणको तयारी सुरु भएपछि प्रधानमन्त्री देउवा श्रीलंकामा चैत १६ गतेबाट सुरु हुने बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन नजाने भएका छन् । उनले सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नेछन् । 

देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो । केहि साता अघि उनी एउटा सम्मेलनमा सहभागी हुन भारतको गुजरात जान लागेका थिए । तर कोरोना संक्रमण बढेपछि उक्त भ्रमण स्थगित गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस