गठबन्धनलाई चुनावसम्म बचाउनुपर्ने आवश्यकता छ: प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

विहीबार, १० चैत्र २०७८, १८ : २६
गठबन्धनलाई चुनावसम्म बचाउनुपर्ने आवश्यकता छ: प्रधानमन्त्री देउवा

दमौली । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् । नेपाली काङ्ग्रेस तनहुँले बिहीबार पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको उल्लेख गरे ।

उनले लोकतन्त्र र प्रजातन्त्र बचाउनका लागि गठबन्धनका दलको योगदान रहेको उल्लेख गर्दै भने, ‘स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्छ । उहाँहरुलाई पनि उचित स्थान दिनुपर्छ ।’ प्रधानमन्त्री देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन एकढिक्का भएर लाग्न आग्रह गरे ।

तनहुँ आदिकवि भानुभक्त आचार्यको जिल्ला भएकाले यसको छुट्टै महत्व रहेको बताउँदै प्रधानमन्त्री देउवाले काङ्ग्रेसका लागि पनि तनहुँ उर्वरभूमि रहेको उल्लेख गरे ।

 

 

प्रतिक्रिया दिनुहोस