चैत मसान्तभित्र स्थानीय उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

सफल खबर संवाददाता

विहीबार, १० चैत्र २०७८, १५ : ५९
चैत मसान्तभित्र स्थानीय उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ । बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्नुपर्ने मापदण्ड पास गरेको छ ।

एमालेको निर्णयअनुसार वडाध्यक्ष र सदस्यको उम्मेदवार वडा कमिटीले सिफारिस गर्नेछ भने जिल्लाले निर्णय गर्नेछ । पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका र जिल्लाले सिफारिस गर्नेछ भने प्रदेशले निर्णय गर्ने छ ।

यस्तै महानगर र उपमहानगर प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका, जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने व्यवस्था छ ।


 

प्रतिक्रिया दिनुहोस