काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरूको सक्रियता ह्वात्तै बढेको छ । प्रदेश तथा जिल्ला स्तरीय प्रशिक्षण तथा बैठकले दिनहुँ जसो हुने दलहरू बस्न थालेका छन् । भने विभिन्न योजना बुन्दै नेता तथा कार्यकर्ताहरूलाई सक्रियता गराउने देखि जनतासम्म दलहरू पुग्न थालेका छन् ।
पहिलोपटक चुनावमा भाग लिन लागेको डा सीके राउत नेतृत्वको जनमत पार्टीले पनि चुनाव केन्द्रित गतिविधि सुरु गरिसकेको छ । पार्टीले किसान आन्दोलन र माटो सङ्कलनको अभियान सँगसँगै चुनावी अभियानलाई पनि लैजाने गरी योजनाहरू बुनिरहेको छ ।
केही दिनअघि मात्रै माटो सङ्कलन यात्राका लागि गृह जिल्ला सप्तरी पुगेका डा राउतले त्यहाँ कार्यकर्ता तथा जनतासँग भेटघाट गरेका थिए । जनमतले स्थानीय तहको निर्वाचनको क्रममा निर्वाचनबाट जनताको राज ल्याउने, भ्रष्टाचारको अन्त्य गर्ने र १० लाख बेरोजगारलाई रोजगारी दिनेलगायतका योजनालाई अघि सारेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित
आज साँझ जनमत पार्टीको बैठक बस्दै
जनमत र नाउपाबीच १७ गते एकीकरण घोषणा हुने
शिक्षकको माग सम्बोधन गर्न जनमत पार्टीको माग
जनमतले बोलायो केन्द्रीय समिति बैठक
कवाड व्यवसायीलाई काठमाडौं महानगरले ज्यादती गर्योः जनमत