काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरूको सक्रियता ह्वात्तै बढेको छ । प्रदेश तथा जिल्ला स्तरीय प्रशिक्षण तथा बैठकले दिनहुँ जसो हुने दलहरू बस्न थालेका छन् । भने विभिन्न योजना बुन्दै नेता तथा कार्यकर्ताहरूलाई सक्रियता गराउने देखि जनतासम्म दलहरू पुग्न थालेका छन् ।
पहिलोपटक चुनावमा भाग लिन लागेको डा सीके राउत नेतृत्वको जनमत पार्टीले पनि चुनाव केन्द्रित गतिविधि सुरु गरिसकेको छ । पार्टीले किसान आन्दोलन र माटो सङ्कलनको अभियान सँगसँगै चुनावी अभियानलाई पनि लैजाने गरी योजनाहरू बुनिरहेको छ ।
केही दिनअघि मात्रै माटो सङ्कलन यात्राका लागि गृह जिल्ला सप्तरी पुगेका डा राउतले त्यहाँ कार्यकर्ता तथा जनतासँग भेटघाट गरेका थिए । जनमतले स्थानीय तहको निर्वाचनको क्रममा निर्वाचनबाट जनताको राज ल्याउने, भ्रष्टाचारको अन्त्य गर्ने र १० लाख बेरोजगारलाई रोजगारी दिनेलगायतका योजनालाई अघि सारेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा