टिगोर इभी बन्यो ‘भ्युअर्स चोइस इभी अफ द इयर २०२२’

सफल खबर संवाददाता

बुधबार, ०९ चैत्र २०७८, १५ : २५
टिगोर इभी बन्यो ‘भ्युअर्स चोइस इभी अफ द इयर २०२२’

काठमाडौं। टाटा मोटर्सको उत्पादन विद्युतीय टिगोर (टिगोर इभी) ‘भ्युअर्स चोइस इभी अफ द इयर’ उपाधिबाट सम्मानित भएको छ। उक्त उपाधिबाट विद्युतीय टिगोरलाई कार एन्ड बाइक अवार्ड २०२२ मा सम्मानित गरिएको हो।

जिपट्रोन प्रविधिमा आधारित विद्युतीय टिगोर गत वर्षको अगस्ट अन्तिममा मात्र भारतीय बजारमा सार्वजनिक भएको हो। सार्वजनिक भएको छोटो समयमै यसले राम्रो बजार पाएको कम्पनीले जनाएको छ।गाडीको बाहिरी, आन्तरिक र सुरक्षा विशेषताहरूका कारण विद्युतीय टिगोर ग्राहकहरूमाझ लोकप्रिय छ। विद्युतीय टिगोरले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ। वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको हो भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंकमध्ये ३७.२४ अंक पाएको हो।

जिपट्रोन प्रविधिमा आधारित विद्युतीय टिगोर २६ किलोवाटको लिक्विड–कुल्ड र उच्च उर्जा घनत्व ब्याट्री प्याकद्वारा सञ्चालित छ। यसमा भएको आइपी–६७ रेटेड ब्याट्री प्याकले गर्दा गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ। गाडीमा जडित विद्युतीय मोटरले ७४ बिएचपी पावर र १७० एनएम टर्क जेनेरेट गर्छ।

विद्युतीय टिगोर छोटो समयमै चार्ज गर्न सकिन्छ। त्यो भनेको यसमा भएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ। यसबाहेक ब्याट्रीलाई १५ एएमपी प्लग अर्थात् घर वा कार्यलयमा हुने चार्जिङ पोर्टबाट पनि सजिलै चार्ज गर्न सकिन्छ। यसरी चार्ज गर्दा भने ८ घण्टा ४५ मिनेटमा यो ८० प्रतिशतले चार्ज हुन्छ। यसले गर्दा पनि ग्राहकहरूलाई विद्युतीय टिगोर रोज्न लोभ्याउँछ।

ग्राहकहरूको रोजाइको इभी बन्न सफल विद्युतीय टिगोरलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ। यसमा ३१६ लिटरको बुट स्पेस पाउन सकिन्छ। जसमा लामो यात्राको लागि आवश्यक सामग्रीहरू पनि सहजै अटाउन सकिन्छ।
विद्युतीय टिगोर डेटोन ग्रे र टिल ब्लू (निलो) गरी दुई वटा रंग विकल्पमा उपलब्ध छन्। परिक्षणअनुसार विद्युतीय टिगोरले एक पटकको पूरा चार्जमा ३०६ किलोमिटरसम्मको माइलेज दिन्छ।

विद्युतीय टिगोरमा ७ इन्चको हर्मान इन्फोटेनमेन्ट टचस्क्रिन, डिजिटल एलसिडी इन्सट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सिट उचाइ मिलाउन मिल्ने ड्राइभर सिटलगायतका विशेषताहरू पाउन सकिन्छ। यसमा ३० भन्दा बढी कनेक्टिभिटीका विशेषताहरू पनि छन्।
कम्पनीको अनुसार सुरक्षाको हिसाबले हेर्दा कम्पनीले विद्युतीय टिगोरमा डुअल एयर ब्याग, इबिडीसहितको एबिएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरेको छ। त्यसैले गर्दा पनि गाडी ग्राहकहरूको पहिलो रोजाइमा पर्न सफल भएको बुझिन्छ।भारतीय बजारमा विद्युतीय टिगोरको मूल्य १२ लाख २४ हजार रुपैयाँदेखि १३ लाख ३९ हजार रुपैयाँ तोकिएको छ। टिगोर इभी एक्सई, एक्सएम र एक्सजेड प्लस गरी तीनवटा ट्रिममा उपलब्ध छन्।

प्रतिक्रिया दिनुहोस