एनएमबिको सहुलियतपूर्ण कर्जाबाट उखु किसानहरु लाभान्वित

सफल खबर संवाददाता

बुधबार, ०९ चैत्र २०७८, ११ : ४२
एनएमबिको सहुलियतपूर्ण कर्जाबाट उखु किसानहरु लाभान्वित

काठमाडौं । एनएमबि बैंकले प्रदेश नं. २ का उखु किसानहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै प्रदेश नं. २ मा हालसम्म १५६ जना उखु किसानहरूलाई  कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको छ । 

बैंकले उखु किसानहरूलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता गरेको थियो ।सम्झौता अनुसार उक्त चिनी उद्योगलाई आवश्यक उखुको माग पूरा गर्न आवश्यक पर्ने उखु खेती गर्न प्रोत्साहन गर्दै किसानहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो साथै सुगर मिल्ससँग सहकार्य गरी किसानहरूको उखु खेतीलाई आवश्यक अन्य बिभिन्न प्राविधिक सहयोगहरू पनि गर्दै आएको बैंकले जनाएको छ  ।

कर्जा प्रवाह भएपश्चात हालसालै बैंकले गरेको स्थलगत निरीक्षणमा अधिकांश किसानहरूको जिवनस्तर परिवर्तन भएको र किसानहरूले उखु बिक्रीबाट लाभान्वित भई बैंकको कर्जा समेत तोकिएको भाकाभित्रै भुक्तानी गरिरहेको बैंकको भनाइ छ ।

चिनी उद्योगहरूमा उखुको माग हुँदा हुदै पनि कर्जा नपाउँदा उखु खेती गरी उत्पादन बढाउन नसकेका किसानहरूले, बैंकले सहुलियपूर्ण कर्जा उपलब्ध गराएपछि  आफुलाई प्राथमिकतामा राखी सहुलियतपूर्ण कर्जा बैंकले प्रवाह गरेको महशुस गरेको बैंकले जनाएको छ । 

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस