एजेन्सी । उत्तर कोरियाले आइतबार रकेट लन्चरहरू प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । ‘आइतबार बिहान उत्तर कोरियाका धेरै रकेट लन्चरहरूबाट गोली प्रहार भएको आशंका गरिएको थियो,’ जोइन्ट चिफ अफ स्टाफले भनेको छ । आफ्नो सेनाले सम्बन्धित घटनाक्रमलाई नजिकबाट निहाल्दै रक्षा तयारी गरेको जनाएको छ ।
दक्षिण प्योन्गान प्रान्तको एक अज्ञात स्थानबाट बिहान ७ः२० देखि एक घण्टाको अवधिमा पश्चिमी जलक्षेत्रमा चारवटा गोली प्रहार भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । लन्चर प्रहारको आसयबारे समीक्षा भइरहेको प्राप्त विवरणमा जनाइएको छ ।
उत्तरका शंकास्पद गतिविधिपछि दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको थियो । दक्षिण कोरियाको राष्ट्रपतिको कार्यलय ब्लु हाउसका अनुसार बैठकले संक्रमणकालमा सुरक्षा शून्यतालाई रोक्नको लागि कडा तयारी गर्न आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०६ चैत्र २०७८, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया