काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा कोभिड-१९ तथा अन्य संक्रामक रोगहरूको परीक्षण गराउन निर्देशन दिएको छ । पूर्ण खोप प्राप्त नगरेको वा ७२ घन्टाभित्रको कोभिडको परीक्षणको रिपोर्ट नेगेटिभ नभएका यात्रुहरूको पीसीआर परीक्षण गराउन मन्त्रालयले निर्देशन दिएको हो ।
मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले एक सूचना जारी गर्दै पीसीआर तथा जिन सिक्वइन्सको नेगेटिभ रिपोर्ट नभएका याुत्रहरूको पीसीआर गराउन निर्देशन दिएको हो ।
त्यस्तै पूर्णं खोप प्राप्त गरेको वा ७२ घन्टाभित्रको कोभिडको परीक्षणको नेगेटिभ रिपोर्ट भए पनि कोभिड संक्रमणको लक्षण भएका यात्रुहरूको समेत पीसीआर परीक्षण गराउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।
पाँच वर्षमाथिका बालबालिकाहरू जसले पूर्ण खोप प्राप्त गरेका छैनन् वा जसको ७२ घन्टाभित्रको कोभिडको परीक्षणको नेगेटिभ रिपोर्ट छैन वा कोभिडसँग मिल्दा जुल्दा लक्षण भएका बालबालिकाको पनि पीसीआर परीक्षण गराउनुपर्ने भएको हो ।
सिमा तथा हवाई नाकामा खटिएका अधिकार प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीले रोग निगरानीको क्रममा आवश्यक ठानेको अवस्थामा, कोभिड तथा अन्य संक्रामक रोगहरूको स्क्रिनिङ्का लागि यात्रुको कोभिडको परीक्षणलगायतका अन्य संक्रामक रोगहरूको समेत परीक्षण गराउन सकिने सहप्रवक्ता अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ चैत्र २०७८, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अत्यधिक चिसोमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध
किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सिंहदरवार परिसरमै सारिँदै स्वास्थ्य मन्त्रालय
नर्सिङको तलब सरकारी सरह नघट्ने गरी लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयको काम एनएचआरसीको नयाँ भवनबाट हुने
पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै