काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा कोभिड-१९ तथा अन्य संक्रामक रोगहरूको परीक्षण गराउन निर्देशन दिएको छ । पूर्ण खोप प्राप्त नगरेको वा ७२ घन्टाभित्रको कोभिडको परीक्षणको रिपोर्ट नेगेटिभ नभएका यात्रुहरूको पीसीआर परीक्षण गराउन मन्त्रालयले निर्देशन दिएको हो ।
मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले एक सूचना जारी गर्दै पीसीआर तथा जिन सिक्वइन्सको नेगेटिभ रिपोर्ट नभएका याुत्रहरूको पीसीआर गराउन निर्देशन दिएको हो ।
त्यस्तै पूर्णं खोप प्राप्त गरेको वा ७२ घन्टाभित्रको कोभिडको परीक्षणको नेगेटिभ रिपोर्ट भए पनि कोभिड संक्रमणको लक्षण भएका यात्रुहरूको समेत पीसीआर परीक्षण गराउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।
पाँच वर्षमाथिका बालबालिकाहरू जसले पूर्ण खोप प्राप्त गरेका छैनन् वा जसको ७२ घन्टाभित्रको कोभिडको परीक्षणको नेगेटिभ रिपोर्ट छैन वा कोभिडसँग मिल्दा जुल्दा लक्षण भएका बालबालिकाको पनि पीसीआर परीक्षण गराउनुपर्ने भएको हो ।
सिमा तथा हवाई नाकामा खटिएका अधिकार प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीले रोग निगरानीको क्रममा आवश्यक ठानेको अवस्थामा, कोभिड तथा अन्य संक्रामक रोगहरूको स्क्रिनिङ्का लागि यात्रुको कोभिडको परीक्षणलगायतका अन्य संक्रामक रोगहरूको समेत परीक्षण गराउन सकिने सहप्रवक्ता अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ चैत्र २०७८, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि हस्तान्तरण
सबै अस्पतालमा मेडिकल उपकरणको अडिट अनिवार्य
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाले दिए आवेदन
जटिल रोगको उपचारमा बीमितलाई थप एक लाख दिने निर्णय
दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र
स्वास्थ्य मन्त्रालयको यस्तो छ मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी