क्षेत्रपुरमा थपियो लामा फर्निचर शो रुम

शुक्रबार, २८ बैशाख २०७५, १५ : १९
क्षेत्रपुरमा थपियो लामा फर्निचर शो रुम

चितवन । भरतपुर महानगरपालिका २, क्षेत्रपुरमा करिब एक करोड रुपैयाँको लगानीमा लामा फर्निचर शो रुम शुक्रबारदेखि सञ्चालनमा आएको छ ।
चितवनको शारदानगरमा रहेको लामा फर्निचर उद्योगले नारायणगढको क्षेत्रपुरमा शो रुम सञ्चालनमा ल्याएको हो । १३ वर्षअघि वैदेशिक रोजगारीको लागि दुबई पुगेर दुई वर्षसम्म फर्निचर उद्योगमै काम गरेर फर्केका सन्तोष लामाले आफ्ना भाइ सरोज लामासँग मिलेर शो रुम सञ्चालनमा ल्याएका हुन् । शो रुममा दुई हजारदेखि एक लाख ३५ हजार रुपैयाँसम्मका फर्निचर बिक्रीको लागि राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस