लगातार दोस्रो जितको दाउमा नेपाल

सफल खबर संवाददाता

शुक्रबार, ०४ चैत्र २०७८, ०९ : ३७
लगातार दोस्रो जितको दाउमा नेपाल

काठमाडौं । पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध संघर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग सामना गर्दैछ ।

सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल शृंखलामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो ।

यूएई समेत लगातार दोस्रो जित निकाल्ने योजनामा  छ । उसले पहिलो खेलमा पीएनजीलाई नै ७ विकेटले पराजित गरेको थियो ।

हालसम्म नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रियमा चार पटक आमने(सामने भएका छन् । जसमा नेपाल र यूएई दुबैले समान २ पटक जित हात पारेका छन् ।

लिगमा यूएई १५ खेलमा ८ जित निकाल्दै १८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल भने ९ खेलमा १० अंक जोडेर  छैटौं स्थानमा  छ ।  

प्रतिक्रिया दिनुहोस