होली पर्वले लोक संस्कृतिको प्रर्वद्धन गर्छ : मुख्यमन्त्री राई

रासस

विहीबार, ०३ चैत्र २०७८, ११ : ०८
होली पर्वले लोक संस्कृतिको प्रर्वद्धन गर्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालीहरूको महान् पर्व फागु पूर्णिमा(होली)का अवसरमा देश, विदेशमा बस्ने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन ।

मुख्यमन्त्री राईले आज जारी गरको शुभकामना सन्देशमा सो अवसरमा सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरे । उनले होली पर्वले लोक संस्कृतिको प्रर्वद्धन गर्ने बताए । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास रहेको कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा (होली) यस वर्ष हिमाली तथा पहाडी जिल्लामा चैत ३ गते र तराईका जिल्लामा चैत ४ मा मनाइँदै छ ।

रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ । 

फागु पूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ । सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस होली पर्वले समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पु¥याउने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री राई सबैमा शुभकामना व्यक्त गरेका छन।
 

प्रतिक्रिया दिनुहोस