सौराहामा जंगली मौरीको टोकाइबाट १६ घाइते

सफल खबर संवाददाता

मंगलबार, ०१ चैत्र २०७८, २१ : ५६
सौराहामा जंगली मौरीको टोकाइबाट १६ घाइते

चितवन । माहुरीको टोकाइबाट १६ पर्यटक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सौराहास्थित हात्तीसार भ्रमणमा रहेका सिन्धुलीबाट आएका आन्तरिक पर्यटकलाई जङ्गली खाग माहुरीले टोकेको हो ।

कार्यालयका अनुसार उनीहरुलाई रत्ननगर नगरपालिका–६ स्थित हात्तीसारमा माहुरीले टोकेको हो । घाइते सबैको बकुलर अस्पतालमा उपचार भइरहेको बताइएको छ । धेरैको अवस्था सामान्य र केहीको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस