कञ्चनपुरमा कम्युनिष्ट गठबन्धन सामु कांग्रेस उमेदवारहरु निरिह

शुक्रबार, २२ मंसिर २०७४, १८ : २१
कञ्चनपुरमा कम्युनिष्ट गठबन्धन सामु कांग्रेस उमेदवारहरु निरिह

चितवन । कञ्चनपुरबाट चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेसका उमेदवार त्रय दिवान सिँह विष्ट, एनपी साउद र रमेश लेखक मतगणनाको सुरुवाती चरणमै पछि परेका छन् । विष्ट नेकपा माओवादी केन्द्रकी वीना मगरसँग ६४६, साउद नेकपा एमालेका उमेदवार नरबहादुर धामीसँग ३१६ मतले पछि परेका छन् भने लेखक एमालेकै उमेदवार डा. दीपकप्रकाश भट्टसँग ३५ मतले पछाडि छन् ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी उमेदवार मगरले एक हजार २३ मत ल्याउँदा कांग्रेस उमेदवार विष्टले मात्र ३७७ मत पाएका छन् । निर्वाचन क्षेत्र–२ मा गणना सम्पन्न भएका दुई हजार १६३ मत मध्ये एमाले उमेदवार धामीले १,१६३ मत पाएका छन् । उनलाई कांग्रेस उमेदवार साउदले ८४७ मतसहित पछ्याइ रहेका छन् ।

यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा गणना सम्पन्न भएका २०७३ मत मध्ये एमाले उमेदवार डा. भट्टले ९८२ मत प्राप्त गरेका छन् । उनलाई ९४७ मतले कांग्रेस उमेदवार लेखक पछ्याइ रहेका छन् ।

दोस्रो चरणमा सम्पन्न निर्वाचनमा कञ्चनपुरमा एक लाख ८३ हजार ६८८ मत खसेका थिए । कञ्चनपुरमा दुई लाख ६४ हजार ९७३ मतदाता रहेका छन् । -बाह्रखरी

प्रतिक्रिया दिनुहोस