चितवन । चितवनमा महिन्द्राको थ्रीएस डिलर र सर्भिस सेन्टरको सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका १० हाकिमचोकमा थ्रीएस डिलर सेन्ट्रल अटो जोन र रत्ननगरको टाँडीमा न्यू पञ्चकन्या मोटर पार्ट्सको उद्घाटन भएको हो । डिलरको आइतबार महिन्द्राको आधिकारिक विक्रेता अग्नी ग्रुपमा प्रवन्ध निर्देशक क्याबिनेट श्रेष्ठले उद्घाटन गरेका हुन् ।
अग्नि ग्रुपका प्रवन्ध निर्देशक श्रेष्ठले देशका बिभिन्न शहरमा नेटवर्क विस्तार गरेर सेवा दिइरहेको बताए । आगामी दिनहरुमा थप अन्य डिलर र सब-डिलहरु विस्तारको योजना रहेको समेत उनले बताए ।
सेन्ट्रल अटो जोनले आजबाट औपचारिक रुपमा नयाँ शो रुमबाट सेवा सुरु गरेको प्रवन्ध निर्देशक राजेन्द्र बटाजुले जानकारी दिए । उनका अनुसार हाकिमचोकस्थित शो रुमले महिन्द्राको नयाँ गाडी बिक्रीसँगै सभिर्स सेन्टरको रुपमा पनि सेवा दिनेछ ।
टाँडीस्थित टुएस सब डिलरबाट भने पार्ट्स र गाडी सर्भिसको सेवा लिन सकिने उनले बताए । सेन्ट्रल अटो जोनले महिन्द्राको पिक अप, स्कार्पियो, इलेक्ट्रिक अटो, बोलेरोलगायतका गाडी विक्री गर्ने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० फागुन २०७८, ११ : १४
लेखकबाट थप