शेयर बजार सात अंकले घट्यो

विहीबार, २७ बैशाख २०७५, १९ : १२
शेयर बजार सात अंकले घट्यो

काठमाडौँ । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पनि ७.७ अंकले घटेर एक हजार ३४८.४५ विन्दुमा पुगेको छ । धितोपत्रसम्बन्धी प्रदर्शनी चलिरहेका बेला बजार भने निरन्तर ओरालो लागिरहेको छ । नेपाल धितोपत्र बोर्डको आयोजनामा बुधबारदेखि यहाँ प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा धितोपत्र बजारसम्बन्धी निःशुल्क जानकारी दिइएको छ ।
‘क’ वर्गका शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.४८ विन्दुले घटेर २४८.५९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६१ कम्पनीको सात लाख ७३ हजार २१० कित्ता शेयर रु ३५ करोड ८८ लाख ४४ हजार २६० मूल्यमा खरीद बिक्री भएको छ ।

स्टकका अनुसार आज सबै उपसमूहका शेयर घटेका छन् । बैंकिङ ३.३४, व्यापार ५.८३, होटल ३१.८२, विकास बैंक ५.६७, जलविद्युत् २५.६३, वित्त क्षेत्र २.४१, बीमा ६९.२८, अन्य ६.४६ र माइक्रोफाइनान्स १४.४१ बिन्दुले घटेको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस