रुसी कब्जामा रहेको युक्रेनी शहरमा नयाँ मेयर नियुक्त

एजेन्सी

आइतबार, २९ फागुन २०७८, १४ : ३६
रुसी कब्जामा रहेको युक्रेनी शहरमा नयाँ मेयर नियुक्त

काठमाडौं   ।  रुसी कब्जामा रहेको युक्रेनी शहरमा नयाँ मेयर नियुक्त गरिएको छ । दक्षिणपूर्वी शहर मेलिटोपोलमा नयाँ मेयर नियुक्त गरिएको हो । ‘जापोरोजे क्षेत्रीय प्रशासन’ ले उनलाई नयाँ मेयर नियुक्त गरेको अमेरिकी टेलिभिजन सीएन्एनले जनाएको छ ।

यसअघि शुक्रबारमात्रै शहरका मेयर इभान फेदोरोभलाई सशस्त्र मानिसहरूको समूहले नियन्त्रणमा लिएका थिए । मेयर फेदोरोभमाथि आतङ्कवादी गतिविधि गरेको अभियोग लगाइएको थियो ।नयाँ नियुक्त गरिएकी मेयर गलिना डानिलचेन्को नगर परिषद्की पूर्व सदस्य समेत रहेको जनाइएको छ । स्थानीय टेलिभिजनले अनिर्वाचित डानिलचेन्कोलाई ‘कार्यवाहक मेयर’ भन्दै सम्बोधन गरेको सीएनएनले जनाएको छ ।स्थानीय टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले शहरलाई जतिसक्दो चाँडो सामान्य अवस्थामा फर्काउनु आफ्नो प्राथमिक उद्देश्य रहेको जनाएकी छिन् ।

उनले शहरमा अस्थिरता मच्चाउन चाहने अझै केही मानिसहरू रहेको भन्दै उक्त शहर र क्षेत्रमा व्याप्त गम्भीर समस्याको समाधान गर्न ‘जनताको छनौट समित’ समेत गठन गर्ने प्रस्ताव अघि सारेकी छिन् । 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस