सप्तरी । सप्तरीमा शनिबार राति एक दर्जनभन्दा बढी घरमा आगलागी भएको छ।
जिल्लाको अग्निसाइर कृष्णसावरण गाउँपालिका–४ टेङग्री टोलमा राति साढे १२ बजे आगलागी हुँदा २३ लाख ७५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो।
टेङग्री टोलका डम्बर यादवले आफ्नै फुसको घर अगाडि थुपारेर राखेको रुखको पातमा अचानक आगलागी हुँदा उनको घरसहित १३ जनाको घरमा आगलागी भएको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।
आगो प्रहरी, स्थानीयवासी तथा हनुमाननगर कंकालिनी नगरपालिका, शम्भुनाथ नगरपालिका, राजविराज तालिम केन्द्रको दमकलको सहयोगमा बिहान करिब पौने ३ बजे नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ फागुन २०७८, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि