एजेन्सी । रुसबाट हिँडेका ११ जना नेपालीहरु लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन् । उनीहरुले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिवार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरेपछि यसबारे खुलासा भएको हो ।
उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ । सम्पर्ककर्ता मध्येका एक सुभाव कुँवरले ह्वास्स एप मार्फत आफ्नो उद्धारको लागि अनुरोध गरेका थिए । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले नेपालीहरु युक्रेन युद्ध पीडित नभएर अन्य विचौलियामा मार्फत युरोप छिर्न हिँडेको हुने सक्ने आशंका गरे ।
खड्काले उनीहरुको खोजीको लागि रुसस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनीहरुसँग सम्पर्क स्थापित गर्न खोजिएको जानकारी दिए । उनीहरुले रुसमा विगत केही बर्षदेखि बसोबास गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ फागुन २०७८, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह
सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिए
अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा युएईमा कार्यरत नेपालीहरूलाई चेतावनी