काठमाडौं । इंग्लिस क्लब म्यानचेस्ट सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डका नर्वेली स्टार इर्लिङ हालान्डलाई भित्र्याउन इच्छा देखाएको छ । जर्मन स्रोतले स्पोर्ट्समेललाई दिएको जानकारी अनुसार सिटी २१ वर्षीय स्ट्राइकरलाई इतिहाद स्टेडियम भित्र्याउनेमा विश्वस्त छ ।
उनीहरूबीच व्यक्तिगत रूपमा छलफल भइसकेको र दुवै पक्ष त्यसमा सकारात्मक छन् । डर्टमन्डले हालान्डको रिलिज क्लज ६५ मिलियन युरो राखेको छ तर उनका एजेन्ट मिनो राइओला ययसलाई बढाउन लागि परेका छन् । यो शुल्कका साथै बोनस लगायतका विभिन्न पक्षलाई समेट्दै यो रकम १०० मिलियन युरोसम्म पुग्ने अनुमान गरिएको छ ।
स्पेनिस क्लब बार्सिलोना, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी० लगायतका क्लबले पनि हालान्डलाई भित्र्याउने चासो देखाएका छन् । तर, सिटीको मुख्य प्रतिद्वन्द्वी भनेको स्पेनिस क्लब रियल मड्रिड नै हो । रियल लामो समयदेखि हालान्ड भित्र्याउने प्रयासमा छ । तर यो भन्ने गरिन्छ कि हालको अवस्थामा प्रिमियर लिग विजेता सिटी नै हालान्डलाई भित्र्याउन आर्थिक रूपमा सक्षम छ ।
यसले प्रशिक्षक पेप ग्वार्डिओलालाई अर्को सिजन आफ्नो लाइन अपमा उनलाई समावेश गराउन केही सहज हुने अनुमान गर्न सकिन्छ ।
गत वर्ष सर्जियो अगुइरोले सिटी छाडेपछि क्लबलाई फ्रन्टलाइन स्ट्राइकर चाहिन्छ भन्ने कुरामा ग्वार्डिओलाले लगातार जोड दिँदै आएका छन् तर क्लबले यसको बिना पनि खेल्न सिकिसकेको छ ।
गएको जनवरीमा माशंपेशीमा चोट लागे पनि मैदान बाहिर रहेका हालान्ड चाँडै फर्केने तयारीमा छन् । उनले बुन्डेस लिगा टोलीका लागि ७९ खेलमा ८० तथा करियरमा १९० खेलमा १४९ गोल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २८ फागुन २०७८, १२ : १४
लेखकबाट थप