एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको गतिविधि इस्लामिक स्टेटको जस्तै आतंककारी जस्तै रहेको आरोप लगाएका छन् । उनले आफ्नो देशमाथिको आक्रमणमा रुसले आतंककारी रणनीति अपनाएको बताएका छन्।
रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ। रुसी आक्रमण आतंककारी रणनीतिमा आधारित रहेको जेलेन्स्कीले आरोप लगाएका हुन्। जेलेन्स्कीले आफ्नो आधिकारिक फेसबुक पेजमा किएभको स्थानीय समयअनुसार शुक्रबार मध्यराति पोस्ट गरेको भिडियो सम्बोधनमा
‘युक्रेनमा रुसले गरिरहेको आक्रमक गतिविधि आतंकवादी समूह इस्लामिक स्टेट (आईएस) को जस्तै रहेको र सोही रुपमा लिइने’ बताएका छन्।
रुसी आक्रमणकारीले युक्रेनको मेलितोपोल सहरका मेयरलाई बन्धक बनाएपछिको सम्बोधनमा रुसमाथि आतंककारी गतिविधिको आरोप लगाएका हुन्।
मेलितोपोलबाट सात हजार १४४ जनालाई सुरक्षित स्थानमा लगिएको उनले उल्लेख गरेका छन्। राष्ट्रपति जेलेन्स्कीले फेरि पनि युक्रेनी नागरिकसँग रुसी आक्रमणकारीविरुद्ध डटेर लड्न आग्रह गरेका छन्।
यस्तै उनले रुसी आमाहरुलाई पनि सम्बोधन गरेका छन्। रुसी आमाहरुलाई सम्बोधन गर्दै जेलेन्स्कीले भनेका छन्, ‘आफ्ना छोराहरुलाई विदेशमा युद्धका लागि नपठाउनु होला। तपाईँको छोरा कहाँ छन् भन्नेबारे जानकारी लिनुहोला। यदि अलिकति पनि शंका लाग्यो कि तपाईँका छोरालाई युक्रेनमा युद्धका लागि पठाइँदैछ भने तत्काल केही गर्नुहोला।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २८ फागुन २०७८, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण
रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण
ट्रम्पलाई रुसको जवाफ- सबैखाले प्रतिबन्धको सामना गर्ने सामर्थ्य राख्छौं
तालिवान शासकलाई मान्यता दिने पहिलो देश बन्यो रुस
इरान विरुद्ध इजरायललाई सहयोग नगर्न रुसको अमेरिकालाई चेतावनी