काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ को नाम कोसी राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
प्रदेश १ को नाम जातीय पहिचानको दृष्टिकोणले भन्दा पनि सबैको सर्वस्वीकार्य हुने र सबैलाई मान्य हुने भएकाले कोसी नै उत्तम रहेको उनको भनाइ छ ।
धरानमा शुक्रबार समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सबै जात जातिको पहिचान र भूमिका, भाषा र संस्कृतिलाई सबैले सम्मान गर्नुपर्ने तर देशलाई जातीय द्वन्द्वमा लैजान दिन नहुने भन्दै प्रदेश १ को नाम कोसी नाम नै सही भएको तर्क गरे ।
पूर्वप्रधानमन्त्री नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी राख्न सुझाव दिएकोमा आफ्नो पनि समर्थन रहेको बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २८ फागुन २०७८, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल