काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिवन्धित भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राहदानी नम्बर एबी २८७६४६६ वाहक ३२ वर्षीया वानविसा जन्तासन र राहदानी वन्बर एबी २८७९४३० वाहक ४१ वर्षीया वारापोर्न खुनसोमबाट रहेका छन् ।
उनीहरुलाई विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट दुई हजार दरको चार थान र पाँच सय दरको ५७३ थान गरी कूल २ लाख ९४ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरिएको छ ।
उनीहरु भिस्टार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट भारतको नयाँ दिल्ली जान लागेको थिए । उनीहरुलाई एक्सरे मेसिनमा जाँच गर्ने क्रममा साथमा प्रतिबन्धित भारतीय रुपैयाँ फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ फागुन २०७८, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
१ किलो सुनसहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइकर्मीको आन्दोलन, फोहरका थुप्रोले यात्रु हैरान
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १६ घण्टा सञ्चालनमा आउने