कोरोना अपडेट : थप २२४ जनामा संक्रमण पुष्टि, २५१ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

बुधबार, २५ फागुन २०७८, १६ : ५४
कोरोना अपडेट : थप २२४ जनामा संक्रमण पुष्टि, २५१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १०९२ जनामा परीक्षण गर्दा २२४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, कोरोना संक्रमणबाट थप व्यक्तिको मृत्यु भएको छैन भने २५१ कोभिडमुक्त भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ५ हजार ६९२ रहेको छ । 

प्रतिक्रिया दिनुहोस