देशभरका स्वतन्त्र ट्रक व्यवसायीले चितवनका प्रजिअ तामाङ मार्फत सरकारलाई बुझाए ज्ञापनपत्र

२८ गते सम्म माग सम्बोधन नभए अनिश्चितकाल सम्म ढुवानी बन्द गर्ने चेतावनी

प्रकाश सिग्देल

बुधबार, २५ फागुन २०७८, १६ : ४८
देशभरका स्वतन्त्र ट्रक व्यवसायीले चितवनका प्रजिअ तामाङ मार्फत सरकारलाई बुझाए ज्ञापनपत्र

चितवन । पेट्रोलियम पदार्थको मुल्यमा भएको वृद्दिको बिरोध गर्दै आन्दोलनको घोषणा गरेका ट्रक ब्यवसायीले जिल्ला प्रशासन कार्यालय चितवनमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।  सरकारले पटक पटक पेटोलियम पदार्थको मुल्य बृद्धि गरेको तर विगत ६ वर्ष  देखी ढुवानी भाडा नबढाएको भन्दै उनिहरुले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र बुझाएका हुन् । धादिङका व्यवसायी मनोज केसीको नेतृत्वमा १०० बढी व्यवसायीहरु रामनगरमा जम्मा भएर आन्दोलनका कार्यक्रम घोषण गरी प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका हुन् । यहि फाल्गुन २१ गते पहिलो चरणको आदोलन थालेको र यहि २८ गते भित्र आफुहरुको माग सम्बोधन नभए २९ गते देखी देशैभरीका व्यवसायीले आफनो ट्रक घरमै थन्काएर अनिश्चितकाल सम्म आन्दोलन गर्ने व्यवसायी केसीले बताए ।

ज्ञापन पत्र बुझदै चितवनका प्रमुख जिल्ला अधिकारी तामाङले व्यवसायीका समस्या सम्बोधनमा आफुहरुले पहल गर्ने र ज्ञापन पत्र गृह मन्त्रालयमा पठाउने बताए ।ढुवानी भाडा बिगतको भन्दा कम्तिमा पनि २० प्रतिशत बढाईनु पर्ने,नेपालको  सडकलाई पहाडी ,मध्य पहाडी र तराई गरी ३ भागमा बिभाजन गरी किलोमिटरको आधारमा भाडा तय गर्नु पर्ने, भाडा तय गर्दा आन्दोलनरत व्यवसायीको प्रतिनिधित्व हुनु पर्ने, बिदेशी मालबाहक सवारीको सामान नेपाली भन्सारमा पल्टि गरी नेपाली सवारी साधन मार्फत ढुवानी गराउनु पर्ने, नेपालको बोडर देखी नेपाल तर्फ १५ किलोमिटर सम्म मात्रै भारतिय सवारीलाई प्रवेश दिईनु पर्ने माग उनिहरुको छ ।

सडकका धर्मकाटाहरु राज्यको मातहतमा राखिनु पर्ने, प्रत्यक काटामा क्यामरा  जडान गरी निगरानी गर्नु पर्ने, गल्ती भेटिए ट्राफिक प्रहरीलाई निलम्बन गर्नु पर्ने, क्षमता भन्दा बढि सामान बोकेर आउने भारतिय साबरीसाधनको सामान जफत गरी कारबार्ही गर्नु पर्ने माग पनि राखेका छन् । भारतमा भन्दा नेपालमा पेटोलियम पदार्थ सस्तो भएकाले भारतिय मालबाहक सवारीले ३ वटा सम्म डिजल टंकी बोकेर आएर भारत फकर्दा नेपाली तेल फुल गरेर फकर्ने गरेकाले त्यसलाई रोकेर आयल निगमलाई व्यापार घाटा हुनबाट जोगाउनु पर्ने पनि आफुहरुको माग रहेको ब्यवसायी केसी बताउछन् ।

आफुहरुका माग राष्ट्रियतासंग पनि जोडिएको र मागहरु पुरा गराउन राज्यलाई ठुलै दबाव दिनु पर्ने भएकाले यो आन्दोलनमा सहभागी भई साथ र सहयोग गर्न सबै ब्यवसायीलाई केसीको आग्रह छ । अब घर,खेत र गहना बेचेर व्यवसाय गर्न नसकिने भन्दै यो वार की पारको लडाई भएको उनले दाबी गरे । भारतीय मालबाहक सवारी साधनको दादागिरीका कारण नेपाली ढुवानी ब्यवसायी ठुलो मारमा परेको नवलपुरका ब्यवसायी गणेश सिहं ठकुरीले बताए ।

प्रतिक्रिया दिनुहोस